युद्धबाट प्रभावित युक्रेनी जनताको सहयोगमा जुट्दै विश्व टेनिस

एटिपी, डब्ल्युटिए, अन्तर्राष्ट्रिय टेनिस संघ र चार ग्रान्डस्लाम आयोजकले संयुक्त रूपमा युक्रेनी जनताको सहयोगार्थ अभियान चलाउने भएका छन् । 

रुसले पछिल्लो समय छिमेकी राष्ट्र युक्रेनमाथि आक्रमण गरिरहेको छ । यही द्वन्द्वकाे मारमा परेका युक्रेनीको मानवीय उद्दार र राहतका लागि सात टेनिस निकायहरूले यस अभियानबाट एक लाख डलर सहयोग गर्ने वाचा गरेका हुन् ।

रुसको आक्रमणका कारण १५ लाखभन्दा बढी युक्रेनी युरोपका विभिन्न देशमा शरणार्थी बन्न पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

टेनिस संघका निकायले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो अभियान एक सहयोग मात्र नभएको पनि बताएका छन् ।

‘सात निकायले आफ्नो सामाजिक र डिजिटल प्लेटफर्ममार्फत् युक्रेनप्रति ऐक्यवद्धताका लागि सबैलाई ‘टेनिस शान्तिको लागि खेलिन्छ’ भन्ने नारा प्रयोग गर्न अपिल गर्दछ’, जारी विज्ञप्तिमा भनिएकाे छ ।

साथै इन्डियन वेल्स अन्तर्गत् बिएनपी परिबास ओपनमा सहभागी हुने एटिपी र डब्ल्युटिए खेलाडीलाई उक्त नारा लेखिएको ब्यान्ड प्रदान गरिने भएको छ । 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १३:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया