१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नागरिकता विधेयक प्रचण्डको निर्देशनमा रोकियो : ओली
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषय ठूलो नभएको बताएका छन्  । मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली नागरिकका सन्तानले नागरिकता प्राप्त गर्नुपर्ने बताए ।


उनले पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नागरिकतासम्बन्धी विधेयक रोकेर राखेको समेत आरोप लगाए । 'चार वर्षदेखि प्रचण्डका पार्टीका एकजना सभापतिले प्रचण्डको निर्देशनमा तराईका नागरिकका सन्तानले नागरिकता प्राप्त गर्नुपर्छ भन्दा रोकेर राखेका छन्,' उनले भने । उनले संसद नभएका बेला अध्यादेश ल्याएको पनि बताए ।



उनले नागरिकतासम्बन्धी समस्या आगामी संसदीय निर्वाचनपछि बन्ने एमालेको सरकारले समाधान गर्ने उनको भनाइ छ । उनले तराईका समस्या ६० वर्षदेखि आफैँले भोग्दै आएको सुनाए ।





  • प्रकाशित मिति : २५ फागुन, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया