नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादीमा आवद्ध नेता कार्यकर्तालाई अलमलमा नपरी पार्टी परिवर्तन गर्न आग्रह गरेका छन् । मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माओवादीका कार्यकर्तालाई अलमलमा नपरेर एमालेमा प्रवेश गर्न आग्रह गरेका हुन् ।
उनले पुष्पकमल दाहाल प्रचण्डले मान्छे मार्ने-मराउने काम गरेको आरोप लगाए । प्रचण्डले आफ्नो र आफ्ना परिवारका निम्ति मात्रै काम गरेको उनको जिकिर छ । उनले प्रचण्डको पार्टी पार्टी नभएर भ्रम र अन्योलको गुण भएको बताए ।
'त्यस्ता मान्छेका पछि लागेर जिन्दगी किन खेर फाल्ने त्यसकारण म तमाम कार्यकर्ताहरूलाई आग्रह गर्न चाहन्छु । प्रचण्डको पार्टी कुनै पार्टी नै होइन, भ्रमको एउटा गुण हो । अन्योलको गुण हो । त्यसलाई ढिलो नगरिकन परित्याग गर्नुहोस् । एमालेमा आउनुहोस्' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।