क्रिकेटर सन्दिपको तेस्रो गीत सार्वजनिक

काठमाडौं– युवा क्रिकेटर सन्दीप लामिछानेको ‘यो झरीमा तिमी सँगै’ बोलको गीत सार्वजनिक भएको छ । 

राजन मगरको संगीत र बन्दना जोशीको शब्द रहेको यस गीतमा कम्पोजिसन भने सन्दीप लामिछाने र अफ्सर अलीको रहेको छ ।

उनको यो गीत ‘तिमी र म’ एल्बमको दोस्रो गीत हो । केही महिनाअघि सोही एल्बमको पहिलो गीत ‘भेटूँ कसरी’ सार्वजनिक भएको थियो । समग्रमा यो उनको तेस्रो गीत हो ।

उनको पहिलो गीत भने ‘प्रतीक्षा’ एल्बमबाट ‘उदास’ भन्ने गीत सार्वजनिक भएको थियो । ‘उदास’मा पनि कम्पोजिसन उनकै थियो । आइतबार मात्रै सार्वजनिक गरिएको पछिल्लाे गीत एकै दिनमा युट्युबमा ६ हजारभन्दा बढीले हेरिसकेका छन् । 

 





  • प्रकाशित मिति : पुस २, २०७५ साेमबार १४:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया