अमेरिकाका लागि राजदूत नियुक्त खत्रीले लिए शपथ

संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्ष समक्ष शपथ लिएका हुन् । 

त्यस अवसरमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १७:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया