कलाकार पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण गरियो

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुको टोलीको करिब ५ घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण सफल भएको हो । 

चिकित्सकको टोलीमा प्राध्यापक डा.दिव्या सिंहको नेतृत्वमा प्रा.डा.उत्तमकुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा.डा.पवन बस्याल, प्रा.डा.भोजराज लुइँटेललगायत सहभागी थिए । 

उनलाई नजिकका आफन्त पर्ने अजु डंगोलले मिर्गौला दिएका हुन् । उनको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सकिएको कलाकार संघले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।  

‘विगत केही महिनादेखि अभिनेत्री पल्पसाको मिर्गौलाले प्रत्यारोपणका लागि पहल भइरहेको थियो’ रबिन्द्र खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ‘पल्पसालाई हप्ता दिन आईसियुमा राखिनेछ ।’





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार २२:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया