म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

च्याम्पियन्सलिग अन्तर्गत अन्तिम–१६ को दोस्रो लेगमा बराबरी खेले पनि इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा आज बिहान सम्पन्न खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग बराबरी खेलेको हो । बराबरीमा रोकिए पनि सिटीले समग्रमा ५-० को जित हात पार्दै अन्तिम-८ को यात्रा तय गरेको हो ।

पहिलो लेगमा सिटीले ५–० को फराकिलो जित निकालेको थियो । २४ औं मिनेटमा फिल फोडेनको प्रहारलाई स्पोर्टिङका गोलरक्षक एडानले विफल पार्दा सिटी अग्रता लिनबाट चुक्यो ।

४७ औं मिनेटमा सिटीका गाब्रियल जिससले गोल गरे पनि भिएआरमा अफसाइड देखिएपछि त्यसले मान्यता पाएन ।   






  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ६:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया