युक्रेनबाट द्वन्द्वबाट उद्धार गरिएका ५८४ नेपाली सुरक्षित गन्तव्यमा

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिए ।

खड्काले अन्य देशको तुलनामा नेपालीको उद्धार कार्य छिटो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए । युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेछन् ।

पछिल्लो तथ्यांक अनुसारपोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावामा नेपाली पुगेका हुन् । हाल सम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । 

राजदूत खड्काअनुसार तीनजना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ । उनीहरु भारतको नयाँदिल्ली हुँदै नेपाल आउने तयारीमा छन् । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । 

करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यावहारिक कारणले युक्रेनमा रहेका छन् । उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेको बताए । 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ७:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया