युरोपा लिगमा लियोन र फ्रान्कफुर्ट विजयी

युइएफए युरोपा लिगको अन्तिम–१६ को पहिलो लेगमा फ्रेन्च क्लब लियोन र जर्मन क्लब फ्रान्कफुर्ट विजयी भएका छन् । लियोनले गएराति सम्पन्न खेलमा पोर्चुगिज टोली एफसी पोर्टोमाथि १–० को कठिन जित हात पार्‍यो ।

पोर्टोको घरेलु मैदान स्टेडियो ड्रयागोमा लियोनलाई जित दिलाउन लुकास पाक्वेटाले निर्णायक गोल गरे । उनले ५९ औं मिनेटमा मोसा डेम्बेलेको पासलाई सदुपयोग गरेका थिए । 

थप गरिएको समयमा चान्सेल एमवेम्वाले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता नदिँदा पोर्टो पराजित हुन पुग्यो । दोस्रो लेग १७ मार्चमा लियोनको मैदान ओलम्पिक लियोनाइसमा हुनेछ । त्यस्तै, फ्रान्कफुर्टले पनि गएराति नै सम्पन्न खेलमा स्पेनिस क्लब रियल बेटिसमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । ​

बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा फ्रान्कफुर्टलाई जित दिलाउन फिलिप कोस्टिक र दाइची कामदाले गोल गर्दा रियल बेटिसका नविल फेकिरले एक गोल फर्काए । खेलको १४ औं मिनेटमा कोस्टिकले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा फेकिरले घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए । ३२ औं  मिनेटमा कामदाले गरेको गोल निर्णायक बन्दा फ्रान्कफुर्टले २–१ को रोमाञ्चक जित निकालेको हो । अब दोस्रो लेग १७ मार्चमा फ्रान्कफुर्टको घरेलु मैदान ड्यूस बैंक पार्कमा हुनेछ  । 






  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ७:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया