दक्षिण कोरियाको राष्ट्रपतिमा युन सक यल निर्वाचित

दक्षिण काेरियाकाे राष्ट्रपतिमा विपक्षी दल द पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । 

बुधबार भएकाे २० औं राष्ट्रपतिय निर्वाचनमा उनले सत्तारूढ डेमाेक्रेटिक पार्टीका उम्मेदवार इ जे म्याङलाई हराएका हुन् । 

यलले ४८.५६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरे ।

निर्वाचन आयाेगका अनुसार चार करोड ४२ लाख मतदाता रहेको कोरियामा ३ करोड ४० लाख जनताले मात्रै मतदान गरेका थिए । 

यल सन् २०२१ मा महान्यायाधिवक्ता पदबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् ।

उनले हालका राष्ट्रपति मुन जे इनको प्रशासनमा महान्यायाधिवक्ताको रूपमा काम गरेका थिए । 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ९:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया