हामीले मृत्युपश्चात् अंगदान गर्नसक्छाैं : मन्त्री खतिवडा
फाइल फाेटाे

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।

बिहीवार विश्व मृग्राैला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।

मृत्युपश्चातको अंग दान गरेमा मृगौला पीडितहरूले पनि धेरै सुविधा पाउने उनले बताए ।

उनले भने, ‘मृगौला पीडितले आफूलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छे उपचारबाट वञ्चित भएको देखिएको हो । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौं । पहिला कानुन साँघुरो थियो, फेरि यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानुन बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठूलो बनाएका छौं । हामीले मृत्युपश्चातको अंग दान पनि गर्न सक्छौं । मृत्युपश्चातको अंग दान गर्न सक्यौं भने अझ मृगौला पीडितहरूले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि मृगौला नफेरेका व्यक्तिहरूजस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिन नहुने पनि बताए ।

मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ । 



१० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
 



  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १२:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया