युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई ‘युद्ध अपराध’ भनेका छन् ।
रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको जेलेन्स्कीले बताएका छन् ।
हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई ‘भयानक’ बताएका छन् ।
सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको रुसी फौजले मारिओपोलमा निशाना बनाएको थियो । यसैबीच, शान्ति वार्ताका लागि युक्रेन र रुसी विदेशमन्त्री टर्की पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।