संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ - शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । 

नेपाल संस्कृत विश्वविद्यालयको ७४ औं सभालाई सम्बोधन गर्दै उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसाथ गर्दै र आफ्नो हितमा तीनको सार्थक उपयोग गर्दै अगाडी बढ्नुपर्ने बताएका हुन् । 

‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचना गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्पहरु खोज्दै जानुपर्ने आवश्यकताबोध भएको छ ।’

मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवं मानसिक  स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौं खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताए । 

उनले २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताए । 

'शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षाले व्यक्तिको सर्वतोमुखी विकास गरी क्षमता युक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमुलक जनशक्ति तयार गर्दछ ।’





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १७:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया