नेपालको शानदार जित, श्रीलंका पुलिस १४४ रनले पराजित

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो खेलमा पनि जित हात पारेको छ । नेपालले बिहीबार श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको हो ।

३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिसले ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रन मात्र बनाउन सक्यो । नेपालका करण केसीले ४, सागर ढकाल र कप्तान सन्दीप लामिछानेले २–२ तथा कमलसिंह ऐरीले १ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेल, करण केसी, कुशल भर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले ।

रोहितले सर्वाधिक ७२ रनको योगदान दिँदा कुशलले ५७ र आशिफले ५२ रन जोडे । करण ५३ रनमा अविजत रहँदा कमलसिंह ऐरीले अविजित ४५ रन बनाए ।

नेपालले चौथो तथा अन्तिम अभ्यास खेल शुक्रबार श्रीलंका संयुक्त–११ सँग खेल्नेछ । यसअघिका दुई अभ्यास खेलमा नेपालले श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई क्रमशः १११ र ८१ रनले हराएको थियो ।

 श्रीलंका भ्रमणपछि नेपाली टोली १४ मार्चमा संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नेछ । त्यहाँ नेपालले विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १८:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया