बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस क्लब बार्सिलोनाले युरोपा लिगको अन्तिम–१६ को पहिलो लेगमा बराबरी खेलेको छ । आज बिहान सम्पन्न खेलमा ऊ टर्किस टोली गालाटासारेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदान क्याम्प नोउमा विपक्षी टोलीलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा बार्सिलोनाले जित निकाल्न भने सकेन ।

अब दोस्रो लेग १७ मार्चमा गालाटासारेको घरेलु मैदान नेफ स्टेडियममा हुनेछ । लिगअन्तर्गतकै अन्य खेलमा सेभिया, रेन्जर्स, ब्रागा र एटलान्टाले जित हात पारेका छन् । 






  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ७:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया