प्रिमियर लिगमा नर्विचमाथि चेल्सीको शानदार जित

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले घरेलु टोली नर्विच सिटीमाथि ३–१ को सहज जित हात पारेको हो । 

क्यारो रोड स्टेडियममा चेल्सीलाई जित दिलाउन ट्रेभो चलोबा, मेसन माउन्ट, काई हाभर्ट्जले गोल गर्दा घरेलु टोलीका टिमु पुक्कीले १ गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै चलोबाले चेल्सीलाई अग्रता दिलाए । उनले मेसन माउन्टको पासलाई सदुपयोग गरेका हुन् ।

१४ औं मिनेटमा माउन्टले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले काइ हाभर्ट्जले उपलब्ध गराएको अवसरलाई  सदुपयोग गरेका थिए ।

७९ औं मिनेटमा नर्विचका पुक्कीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ९० औं मिनेटमा हाभर्ट्जले गोल गरेपछि चेल्सीले ३–१ को सहज जित हात पार्‍यो । उनले एन्गोलो कान्टेको पासलाई पोस्टको दिशा दिएका हुन् ।

जितसँगै चेल्सी २७ खेलमा ५६ अंकका साथ तेस्रो स्थान तथा पराजित नर्विच २८ खेलबाट १७ अंकका साथ पुछारमा यथावत छन् । लिगअन्तर्गतकै अन्य खेलमा उल्भ्स, एस्टन भिल्ला र न्युक्यासल युनाइटेडले जित हात पारेका छन् । 






  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ७:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया