आज देशका केही भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
गण्डकी, बागमती र प्रदेश–१ का उच्च हिमालीको भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भू–भागमा आंशिक बदली छ । राति पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।