‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेक तत्काल निर्माण नहुने

मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो । फिल्मका लागि कलाकार फाइनल भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले मिडिया माझ दिइसकेका थिए ।

तर, अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ । समाचारअनुसार अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका लागि निर्माणको काम बन्द गरिएको छ ।

फिल्मका निर्देशक जगन शक्तिले यो बन्द गर्नका लागि कैयौं कारण दिएका छन् । उनले अभिनेता जोन हाल शाहरुख खानको फिल्म ‘पठान’ मा व्यस्त हुनु र अर्जुन पनि कैयौं काममा व्यस्त भएकाले उनीहरुले समय दिन नसक्नुलाई प्रमुख कारण मानेका छन् ।

हालैमात्र हरेक स्थानमा छाएको साउथ सुपरस्टार पवन कल्याणको फिल्म ‘भीमला नायक’ सन् २०२० को मलयालम हिट फिल्म ‘अय्यप्पन कोशियुम’को तेलुगु भर्सन हो । मलयालम भर्सनमा पृथ्वीराज र बीजू मेनन प्रमुख भूमिकामा छन् ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ८:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया