हेमन्त र अस्मिताको पहिलो सहकार्य

विवाह गरेको छोटो समयमै थुप्रै जोडी रोजगारीका लागि छुट्टिएका छन् । यही कारणले धेरैको वैवाहिक जीवनमा समस्या पनि आएको छ । 

तर टाढा भएर पनि एक अर्काको ख्याल राख्न सकिन्छ । एक अर्काको ख्यालले सम्बन्धको डोरी बलियो बनाउँछ भन्ने भावसहित एक गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

गीत गायक हेमन्त शर्माले गाएका हुन् । उक्त गीत गोविन्द केसीले आफ्नी श्रीमतीलाई वैवाहिक वर्षगाँठको उपहार स्वरूप समर्पण गरेका छन् । उनीहरू दुबैजना रोजगारीको सिलसिलामा छुट्टाछुट्टै देशमा बस्दै आएका छन् ।

गीत हेमन्त शर्माले नै लेखेका हुन् । शर्माकै संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारीले पनि गायनमा साथ दिएकी छन् । गीतमा संगीत संयोजन भने श्यामश्वेत रसाइलीको सुन्न सकिन्छ । 

म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल रियासा दाहालले अभिनय गरेका छन् । पारिवारिक प्रेमकथा प्रस्तुत गरिएको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । ‘एक जुनी हैन’ बोलको गीतमा प्रेम र समर्पणको भाव प्रस्तुत गरिएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १०:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया