जम्मू कश्मीरको गुरेज सेक्टरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त
ANI/BBC

जम्मू कश्मीरको गुरेज सेक्टरमा शुक्रबार भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ ।

समाचार एजेन्सी एएनआईले रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै गुरेज सेक्टरको बरौम क्षेत्रमा सेनाको चित्ता हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ।

'हेलिकप्टर चालक दलको उद्धार गर्न खोजी टोलीहरू क्षेत्रमा पठाइएको छ,' अधिकारीले भने ।

गुरेज हिउँले ढाकिएको क्षेत्र हो । घटनासँग सम्बन्धित अन्य विवरण आउन बाँकी रहेको बिबिसी हिन्दीले लेखेको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १६:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया