रुपन्देही सुपरलिग ए डिभिजन : तिरुपति क्रिकेट क्लब ६ विकेटले विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा शुक्रबार तिरुपति क्रिकेट क्लब विजयी भएको छ ।

शंकरनगर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै तिरुपति क्लबले जित निकालेको हो । 

भैरहवाको सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको शंकरनगर क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा २९ दशमलव ४ ओभरमा ७८ रन बनाएको थियो।

सबै विकेटको क्षतिमा टिमका लागि जगतबहादुर क्षेत्रीले सर्वाधिक १५ रन, विराट भण्डारीले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ तिरुपतिका रौनक श्रीवास्तवले चार, अभिषेक गौतमले तीन विकेट लिए । 

७९ रनको झिनो लक्ष्य पाएको तिरुपतिले जवाफी ब्याटिङमा १६ दशामलव ४ ओभरमा लक्ष्य पार गर्दै जित निकाल्यो ।

चार विकेट गुमाउँदै तिरुपतिले जित निकाल्यो । जसका लागि बशिर अहमदले अविजित १८, सुशान्तसिंह थापाले १७ र अजय कौशिल्ययाले १६ रनको योगदान गरे । बलिङतर्फ शंकरनगरमा सन्तोस खत्रीले तीन र विशालविक्रम केसीले एक विकेट लिए । 



शुक्रबारको खेलमा तिरुपतिका रौनक श्रीवास्तव म्यान अफ द म्याचबाट पुरस्कृत भए । सोमबार  डिभिजन एअन्तर्गतको खेल बुद्ध क्रिकेट क्लब र बुटवल ११ बीच हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । 

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हुँदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच प्रतिस्पर्धा लिग खेलाइँदै छ । लिगमा उत्कृष्ट हुने चार टिमबीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्धा हुने सचिव गुरुङले बताए ।



प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई जनही पाँच-पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । 
 

  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १६:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया