राप्रपाले स्थानीय तहमा हुने भ्रष्टाचारलाई चुनावी मुद्दा बनाउँछ : अध्यक्ष लिङ्देन
फाइल फाेटाे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

ललितपुरको चापागाउँमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्ताे बताएका हुन् ।

कांग्रेस, एमाले, माओवादी दलीय रूपमा मात्रै अलग हुन्, ठूला-ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण रहेको आराेप लगाउँदै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १७:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया