राजेश हमाल काठमाडौं महानगरको मेयर बन्‍न चाहेका हुन् ?

अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने कुरा व्यंग्यात्मक भएको बताएका छन् । शुक्रबार आफ्नो स्वरमा रहेको गीतको रिलिज कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रशंगमा हमालले आफूले व्यंग्यात्मक रुपमा उक्त कुरा भनेको बताएका हुन् ।

'कुनै नराम्रो शहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ' उनले भने ।

कार्यक्रममा बोल्दै हमालले आफू गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफूले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनतपछि यो गीत तयार भएको बताए ।

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिति थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन् । गीत हेर्दा रमाइलो लागेको बताउँदै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन् ।

हमालको एकल स्वरमा 'गाउँले ठिटो' रिलिज भएको छ । गीतको भिडियोमा नायक हमालका साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाललगायतको अभिनय रहेको छ ।

गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतको भिडियोमा रोजगारीको लागि विदेशिएका युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा प्रस्तुत गरिएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १९:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया