आजकाे माैसम यस्ताे रहने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज(शनिबार) दिउँसो देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राति देशभर मौसम सामान्यतया सफा रहने छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार ७:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया