युक्रेनबाट चार नेपाली स्वदेश आइपुगे

युद्धग्रस्त क्षेत्र युक्रेनबाट चार नेपाली स्वदेश आइपुगेका छन् । 

भारत सरकारकाे सहयाेगमा उनीहरू आज(दिउँसाे) स्वदेश आइपुगेका हुन् ।

भारतले युक्रेनबाट आफ्ना नागरिककाे उद्धार गर्ने क्रममा चार नेपालीकाे पनि उद्धार गरेकाे हाे । उनीहरू दिल्ली हुँदै नेपाल आएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र भारत सरकारलाई ट्विट गर्दै धन्यवाद दिएका छन् ।

यसभन्दा अगाडि पनि भारतीय सरकारले एक नेपालीको उद्धार गरेको थियो । 





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १३:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया