रुस-युक्रेन युद्ध: अहिलेसम्म के-के भयो ?

शनिबार बिहान युक्रेनको राजधानी किभलगायत धेरै शहरहरूमा आक्रमणको साइरन सुनिएको थियो ।

युक्रेनले फेरि एकपटक रसियाले दक्षिणी सहर मारियुपोलबाट नागरिकलाई सुरक्षित रूपमा बाहिर निस्कन नदिएको आरोप लगाएको छ ।

युक्रेनी सरकारले मारिउपोलको अवस्था झन् खराब हुँदै गएको बताएको छ । हालसम्म मारिउपोलमा १ हजार ५०० व्यक्तिको मृत्यु भइसकेको छ र बाँचेकाका लागि खाना र पानी पनि नभएको बताइएको छ । यससँगै उनीहरू बिजुलीबिना चिसो दिनरात काट्न बाध्य भएको बताइएको छ ।

शनिबार युक्रेनी अधिकारीहरूले देशको उत्तरपूर्वी सहर सुमीबाट नागरिकलाई बाहिर निकाल्नका लागि मानवीय कोरिडोर निर्माण गर्ने सम्झौता भएको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आमाहरूलाई आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गर्दै भिडियो सार्वजनिक गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्धको युद्धमा भाग लिन युक्रेनमा आफ्ना सेना नपठाउने बताएका छन् । यद्यपि, उनले रुसी धनाढ्यमाथिको प्रतिबन्ध बढाउने बताएका छन् ।



संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा रुसले युक्रेनमा जैविक हतियार निर्माणका लागि अमेरिकाले गतिविधि गरेको दाबी गरेको छ । तर, रुसले आफ्नो पक्षमा कुनै प्रमाण पेश गरेको छैन ।

युक्रेनले आगामी दिनमा बेलारुसले रुसलाई युद्धमा सहयोग गर्न सक्ने बताएको छ । 



  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १४:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया