नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री बनाउँछु भनेर आफूले भनेपछि मात्र एमाले अध्यक्ष केपी शर्मा ओली संविधान बनाउन तयार भएको खुलासा गरेका छन् ।
पोष्टबहादुर बोगटीको सालिक अनावरणका लागि नुवाकोट पुगेका प्रचण्डले ओलीलाई 'तपाईं संविधान बनाउन सहयोग गर्नुस् म प्रधानमन्त्रीको ग्यारेन्टी गर्छु' भनेपछि मात्र उनी तयार भएको बताएका हुन् । उनले तत्कालीन कांग्रेस नेता सुशील कोइरालालाई राष्ट्रपति बनाउँछु भनेपछि मात्र संविधान बनेको बताए ।
‘देशलाई संकट पर्यो भने निकास दिनपर्ने मुख्य दायित्वमा रहेको देखिन्छ । नेपालमा जनयुद्ध भयो र त्यसलाई शान्ति प्रक्रियामा रुपान्तरण गरियो । त्यो सामान्य कुरा थिएन । संविधानसभाबाट समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने आधारशिलाको रुपमा गर्यो । त्यो पनि सामान्य कुरा थिएन’ प्रचण्डले भने ।
उनले अघि भने, ‘संविधान नै कार्यान्वयन नहुने हो कि भन्ने सन्त्रास नेपाली जनतामा थियो । यी सबै कुराको निकास हामीले दिएका थियौं । मैले मिस्टर केपी ओलीलाई तपाईं संविधान बनाउन सहयोग गर्नुस् म प्रधानमन्त्रीको ग्यारेन्टी गर्छु भनेपछि मात्र उहाँ तयार हुनुभएको थियो । मैले सुशील कोइरालालाई पनि भनेको थिएँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।