प्रभास स्टारर ‘राधे श्याम’ र अनुपम खेर अभिनित ‘द कश्मीर फाइल्स’ फिल्म इन्टरनेट लिक भएको छ ।
प्रभास र पूजा हेगडे स्टारर फिल्म राधे श्याम रिलिजको भोलिपल्टै अनलाइन प्लेटफर्ममा लिक भएको हो ।
यससँगै अनुपम खेर स्टारर द कश्मीर फाइल्स पनि पाइरेसीको शिकार भएको हो ।
दुवै चलचित्र ११ मार्चमा हलमा रिलिज भएका थिए ।
मिडिया रिपोर्टका अनुसार द कश्मीर फाइल्सले ओपनिङ डेमा ३.५५ करोड रुपैयाँ कमाएको छ ।
उता, राधे श्यामले हिन्दी बेल्टमा ४.५ करोडको ओपनिङ व्यापार गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।