मुख्यमन्त्री शाही र निर्देशक घिसिङबीच कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याउनेबारे छलफल

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच छलफल भएको छ । मुख्यमन्त्री शाही र घिसिङबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार छलफल भएको हो ।

छलफलका क्रममा कर्णालीमा विद्युत प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।

यस्तै, निर्देशक घिसिङले साविक कर्णाली अञ्चलका पाँच जिल्लामा २–२ मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको सम्भावना धेरै भए पनि हाल ८ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको घिसिङलाई जानकारी गराएका थिए ।

३३ केभी प्रसारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेकाले प्राधिकरणले १३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न निर्देशनसमेत दिने प्रतिबद्धता निर्देशक घिसिङले व्यक्त गरे ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार २१:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया