युनाइटेडकाे राेमाञ्चक जितमा राेनाल्डाेकाे ह्याट्रिक

इंग्लिस  प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा म्यानचेस्टर युनाइटेड  विजयी भएकाे छ । घरेलु टाेली युनाइटेडले टाेटेनहम हट्सपरमाथि ३-२ काे राेमाञ्चक जित हात पारेकाे हाे ।

ओल्ड ट्राफाेर्डमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक पूरा गरे । टाेटेनहमका लागि ह्यारी केनले १ गाेल गर्दा १ गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयाे । 

खेलको १२ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।  फ्रेडले दिएको पासलाई नियन्त्रणमा लिँदै उनले २५ यार्ड टाढाबाट गरेको प्रहारले सिधै जाली चुम्यो ।

३५ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । युनाइटेडका एलेक्स टेलेस पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियाे ।

३८ औं मिनेटमा जेडन सान्चोको क्रसलाई रोनाल्डोले गोलमा परिणत गर्दा युनाइटेड २-१ ले अघि बढ्यो । ७२ औं मिनेटमा ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि टाेटेनहम २-२ को बराबरीमा आयो ।

उनले रेगुइलोनको क्रसलाई क्लियर गर्न खाेज्दा आफ्नै पाेस्टमा गोल गर्न पुगेका थिए । ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए । उनले टेलेसको कर्नरमा उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए । 



याेसँगै राेनाल्डाे व्यावसायिक करिअरमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले ८०७ गोल पूरा गर्दै याे कीर्तिमान बनाएका हुन् । युनाइटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । उनले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गरे । 

याे जितसँगै युनाइटेड  २९ खेलमा ५० अंक जोड्दै चाैथाे स्थानमा उक्लिँदा पराजित टाेटेनहम २७ खेलबाट ४५ अंकका साथ साताैँ स्थानमा छ । 




  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ७:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया