विवादमा तानिए पवनदीप र अरुणिता

भारतीय गायन रियालिटी सो ‘इण्डियन आइडल–१२’ को विजेता गायक पवनदीप राजन र उपविजेता अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल–१२’ सकिएको महिनौं बित्दा पनि उनीहरूको लोकप्रियता कम भएको छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छ । 

दुवैमाथि सम्झौतापछि म्युजिक एल्बम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्युजिक एल्बमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।

यो सम्झौताअनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरूले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।

यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले धेरै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।

सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । हाल यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेको छ ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार ९:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया