माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अझै पनि संसद् विघटन गराउन चाहने आरोप लगाएका छन् ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अझै पनि संसद् विघटन गराउन चाहेको आरोप लगाएका हुन् ।
एमालेको संसद् विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन् । जसकारण एमालेले संसदमा अवरोध सिर्जना गरेको प्रचण्डको आरोप छ ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे ।
निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका प्रचण्डले एमसिसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।