प्रकाश सपुतको गीतले अपमानित हुनेहरूको आवाज बोकेको छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ को समर्थन गरेका छन् । नेकपा माओवादी केन्द्रका नेताहरूले गीतले जनयुद्ध लडेका महिलाहरूको अपमान गरेको आरोप लगाइरहेका बेला सत्तारुढ कांग्रेस नेता पौडेलले भने समर्थन जनाएका हुन् । 

उनले प्रकाशको गीतले अपमान नभइ अपमानित हुनेहरूको आवाज बोकेको उल्लेख गरेका छन् ।

‘साहित्य- संगीत समाजका प्रतिबिम्ब हुन् । निश्चित समय र शब्द सीमाभित्र बिम्बको प्रयोग गरी प्रतिनिधि घटनालाई देखाउनु यसको विशेषता हो,’ भट्टराईले ट्विट गरेका छन्, ‘प्रकाश सपुतको गीतले कसैको अपमान होइन अपमानित हुनेहरूको आवाज बोकेको छ । हिजो वाक स्वतन्त्रताका लागि लड्यौ भन्नेले आज कसैको मुख बन्द गर्नु लज्जास्पद छ ।’  

 





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १२:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया