आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख सापकाेटा
फरकधार / २९ फागुन, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । 



संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ ।

बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन् ।



‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ’, सभामुख सापकोटाले बैठकमा भने । 



आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।  १ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव पेस गर्दै उनले महाअभियोग प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे । 

एक महिनाअघि १ फागुनमा देव गुरुङ, पुष्पा भुसाल  र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो । 

  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १४:२३:१०,   अन्तिम अपडेट : फागुन २९, २०७८ आइतबार १४:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया