बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् ।
नेपाल नगरपालिका संघले आफ्नो २९ औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् ।
पाैडेलले भने, ‘हामी स्थानीय सरकार भन्दा स्थानीय तह भन्न रुचाउँछौ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसाथ गर्न नसकेको हो कि ?’
स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसको उनले जनाए । स्थानीय सरकार बलियो नहुन्जेल संघीयताको जग बलियो नहुने समेत उनले बताए ।
उनले काठमाडौं उपत्यकालाई कुनै प्रदेश अन्तर्गत नराख्न कार्यक्रममा उपस्थित रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।