प्रधानमन्त्री देउवा भन्छन्- स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल हुन्छ

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने बताएका छन् । 

नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्नुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

 प्रधानमन्त्री देउवाले भने, ‘नामसँग नै रहर हो भने स्थानीय सरकार भनिदिउँला । यसको लागि सबै पार्टीसँग सहमति लिउँला । महत्वपूर्ण कुरा भनेको नाम भन्दा पनि काम हो । काममा ध्यान दिउँ’,

उनले कार्यक्रममा उपस्थित नगरपालिकाका प्रतिनिधिहरूलाई जनताको काम छिटो छरितो गर्न आग्रह गरेका थिए । 

उनले जनताको सुख, दुःखमा सहभागी हुन पनि स्थानीय तहलाई आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १६:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया