हामीलाई सिध्याएर दुईदलीय व्यवस्था स्थापित गर्न अन्तर्राष्ट्रिय प्रतिक्रियावादी लागे : प्रचण्ड

नेपालमा दुईदलीय व्यवस्था आवश्यक रहेको भन्दै केही समययता एमाले महासचिव शंकर पोखरेलले बताउँदै आएका छन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरुले नेपालमा यस्तो व्यवस्था स्थापना गर्न लागिपरेको दाबी गरेका छन् । 

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीलाई सिध्याएर दुईदलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको बताएका हुन् । यद्यपि, उनले कुन विदेशी शक्तिले यस्तो चाहेको हो भन्नेबारे थप खुलाएनन् ।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामीलाई सिध्याउन र दुईदलीय सिस्टम स्थापित गर्न ‘इन्टरनेसनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो ।

फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए ।

आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला प्रधानसेनापतिबाट रुक्मांगत कटवाललाई हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको उनले बताए । 





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १७:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया