फ्रान्समा कोरोना भाइरसविरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन् ।
पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुको भनाइ छ ।
खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ । शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले बृद्धबृद्धाहरुबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिएका हुन् ।
प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने वर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उनको भनाइ थियो । फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूको संख्या ४१ लाख रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ ।
फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।