विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षा सुध्रिँदैन : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरूको सबलीकरणमा ध्यान दिनुपर्यो ।’

देश सुरुङमार्ग, लिफटिङ सिँचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे । पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताए ।

‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उहाँले भने, ‘यसका लागि दक्ष जनशक्ति चाहिन्छ ।’

विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरूको भौतिक संरचना बन्ने उनको भनाइ छ ।

कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र ऊर्जाशील भएमात्रै नवीनतम नतिजा दिन सकिने बताए ।  आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कर्तव्य पनि भुल्न नहुनेमा उनले जोड दिए ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १९:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया