निर्मला पन्त हत्या प्रकरण
विष्टलगायत तत्कालीन प्रहरी अधिकारीविरुद्ध निर्मलाकी आमाले दिइन् किटानी जाहेरी

काठमाडौं– निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले निर्मला हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध किटानी जाहेरी दिएकी छिन् । पन्तले मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दर्ता गराएकी हुन् ।

दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्टसहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) डिएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी छिन् । सो जोहरी सम्बन्धमा म छलफल भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

निर्मलाकी आमा दुर्गादेवीले प्रारम्भिक अनुसन्धानमा प्रहरी अधिकारीहरुले लापरबाही गरेका कारण हत्यारा पत्ता लाग्न नसकेको आरोप लगाएकी छिन् । 

घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तमा परेका थिए । सरकारी छानबिन समितिको सिफारिसका आधारमा ८ कात्तिकमा उनीहरुलाई सरकारी सेवाका लागि योग्न हुने गरी बर्खास्त गरिएको थियो ।





  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १४:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया