साञ्चेजको गोलले हारबाट जोगियो इन्टर मिलान

इटालियन सिरी ‘ए’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा इन्टर मिलानले बराबरी खेलेको छ । इन्टर घरेलु टोली टोरिनोसँग १–१ को बराबरीमा रोकिएको हो ।​

ओलम्पिको डि टोरिनोमा सुरुआती अग्रता जोगाउन नसक्दा घरेलु टोली अंक बाँड्न बाध्य भयो । खेलका १२ औं मिनेटमा ग्लेसन ब्रेमरले गोल गर्दै टोरिनोलाई अग्रता दिलाए ।

खेलको अन्त्यतिर सम्हालिन नसक्दा घरेलु टोलीले बराबरीमा चित्त बुझाउनु पर्‍यो । थप गरिएको समयमा एलेक्सिस साञ्चेजले गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।

यो नतिजासँगै इन्टर २८ खेलमा ५९ अंक जोडेर तेस्रो स्थानमा रहँदा टोरिनो समान खेलबाट ३५ अंकका साथ ११ औं  स्थानमा छ । लिगका अन्य खेलमा फियोरेन्टिनाले बोलोग्नालाई १–० तथा नापोलीले भिरोनालाई २–१ ले पराजित गरे ।

एटलान्टाले जिनोआसँग गोलरहित तथा रोमाले उडिनेससँग १–१ को बराबरी खेले ।  






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ७:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया