प्रिमियर लिगमा आर्सनलको सहज जित
फरकधार / ३० फागुन, २०७८

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए रातिको खेलमा घरेलु टाेली आर्सनल विजयी भएकाे छ । आर्सनलले इमिरेट्स स्टेडियममा लेस्टर सिटीमाथि २-० को सहज जित हात पारेको हाे ।



घरेलु टाेलीलाई जित दिलाउन थोमस पार्टी र एलेक्जेन्डर लाकाजेटले १-१ गाेल गरे । ​खेलकाे ११ औं मिनेटमा पार्टीले गाेल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । 

५९ औं मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टाेलीलाई २-० को सहज जित दिलाए । याे जितसँगै २६ खेलमा ५१ अंक जाेडेकाे आर्सनल चाैथाे स्थानमा उक्लिँदा पराजित लेस्टर समान खेलबाट ३३ अंकका साथ १२ औं  स्थानमा छ ।



लिगअन्तर्गतकै अन्य खेलमा वार्टफाेर्डले साउथह्यामटन तथा वेस्टह्याम युनाइटेडले एस्टन भिल्लामाथि समान २-१ को जित हात पारे ।



  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ९:१३:३५,   अन्तिम अपडेट : फागुन ३०, २०७८ साेमबार ९:१५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया