अभिनेत्री रूपा दत्ता चोरी आरोपमा पक्राउ

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री रूपा दत्ता चोरीको आरोपमा पक्राउ परेकी छन् । उनी बंगाली फिल्मकी अभिनेत्री हुन् ।

रूपामाथि इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याँकेको देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले रुपाबाट ७५ हजार भारतीय रुपैयाँ बरामद गरेका छन् । यो घटना शनिबार राति भएको हो । कोलकाताको विधाननगर नर्थ पुलिस स्टेसनका अनुसार एक महिलाले फोहोरको डिब्बामा ब्याग फ्याँकेपछि तत्कालै अन्य प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रूपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रूपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।

सन् २०२० मा रुपाले निर्माता तथा निर्देशक अनुरागमाथि अश्लील सन्देश पठाएको आरोप लगाएकी थिइन् । तर, अनुसन्धानमा उनले अरू कोही पुरुषसँग फेसबुकमा कुराकानी गरेको खुलेको थियो । 

संयोगले त्यो पुरुषको नाम अनुराग नै थियो । त्यो समयमा रुपाले आफ्नो ट्वीटर हेण्डलमा अनुरागसँग च्याट गरिएको कैयौं सन्देश स्क्रिनसट शेयर गरेकी थिइन् । 





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ९:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया