आइसिसी लिग-२ का लागि नेपाल युएई प्रस्थान

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टोली युएई प्रस्थान गरेको छ । 

नेपाली टोली अभ्यास खेलपछि श्रीलंकाबाट युएई प्रस्थान गरेको हो । नेपालले सिरिजको तयारी स्वरूप श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो ।

नेपालले सुरुवाती ३ अभ्यास खेलमा जित हात पार्दा अन्तिम खेलमा पराजित भएको थियो ।

नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा घरेलु टोली युएई र पपुवा न्युगिनी (पिएनजी)विरुद्ध खेल्ने छ ।

सिरिजको पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध खेल्नेछ । यो खेल चैत २ मा हुनेछ ।

नेपालले दोस्रो र तेस्रो खेल आयोजक युएईविरुद्ध चैत ४ र ७ मा खेल्नेछ । उसले अन्तिम खेलमा पिएनजीविरुद्ध चैत्र ८ मा प्रतिस्पर्धा गर्नेछ । 



लिग अन्तर्गत दुई सिरिज खेलिसकेको नेपाल ८ खेलमा ८ अंक जोडेर तालिकाको छैठौं स्थानमा छ । 

१२ वटै खेल गुमाएको पिएनजी बिना कुनै अंक पुछारमा रहँदा १४ खेलबाट १६ अंकका साथ युएई तेस्रो स्थानमा छ ।



  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १२:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया