डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमबार भएको खेलमा बुटवल-११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ । 

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा भएकाे खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल-११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । 

जसका लागि सर्वाधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वलिङतर्फ बुद्धका विपिन खत्रीले ५, अमित अग्रहरीले ४ र सुवास भण्डारीले १ विकेट लिए ।

५४ रनको लक्ष्य पाएको बुद्धले जवाफी ब्याटिङमा ८ दशमलव ४ ओभरमै लक्ष्य पार गर्दै जित निकाल्यो । झिनो लक्ष्य पाएको बुद्धले ३ विकेटको क्षतिमा सहजै जित निकालेको हो । 

जितका लागि सुरज पौडेलले १७, अजय त्रिपाठीले ११ र विपिन रावलले ९ रन बनाए  । 

बलिङतर्फ इसान पाण्डे एक्लैले ३ विकेट लिए पनि टिमले जित निकाल्न सकेन।



सोमबारको खेलमा विपिन खत्री म्यान अफ द म्याच बने । डिभिजन ‘ए’अन्तर्गतको मंगलबारको खेल न्यु होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए । 

नेपालकै एक मात्र सुपर लिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हुँदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्धा गराइँदै छ । लिगमा टप हुने चार टिमबीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्दा गर्ने छन् । 



प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई जनही पाँच पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । 

प्रत्येक दिनको म्यान अफ द म्याचलाई एक हजार दुई सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।
 

  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १३:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया