विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको छ : ऊर्जामन्त्री भुसाल
फाइल फाेटाे

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् ।

सोमबार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्ताे बताएकी हुन् ।

नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाहरूको निर्माणको काम उत्साहित रूपमा अगाडि बढिरहेको बताइन् ।

मन्त्री भुसालले जलविद्युत आयोजनाहरू गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन् ।

उनले छिमेकी राष्ट्रहरूलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन् ।

मन्त्री भुसालले भनिन्, ‘सरकारले सन् २०२८ सम्म १५ हजार मेघावाट जलविद्युतको विकास गर्ने लक्ष्य अनुरूप हाम्रो मन्त्रालयले त्यो काम गरिराखेको छ । देशमा उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि तथा व्यवस्थापन विश्वसनीय बनाउन सरकारले आवश्यक कदम पनि अगाडि बढाइराखेको छ । नेपाल सरकारले पनि देशमा उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण तयार गरिरहेको र जलविद्युतलाई दिगो विकासका निम्ति प्रयास गरिरहेको कुरा यहाँहरूलाई विदित नै छ ।’
 
देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिन नहुने उनले बताइन्। 



सरकारले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरूसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाइ छ । 
 



  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १३:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया