आइसिसी महिला एक दिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिका विजयी भएकाे छ ।
लगातार तेस्रो जित निकाल्ने क्रमममा दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्डमाथि ३ विकेटकाे जित हात पारेकाे हाे ।
२३६ रनकाे लक्ष्य दक्षिण अफ्रिकाले ४ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्याे ।
दक्षिण अफ्रिकाको लागि लाैरा उल्भर्टले सर्वाधिक ७७ रनकाे याेगदान दिइन् । १०१ बलकाे सामना गरेकी उनले ८ चाैका प्रहार गरिन् ।
कप्तान सुने लुइसले ३६ र मारिजेन कापले ३२ रनकाे याेगदान दिए ।
इङ्गल्यान्ड लागि अन्या श्रुबसोले २ तथा केट क्रस,साेफी इक्लेस्टाेन, नटाली स्काइभर र सार्लेट डिनले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
यसअघि न्युजिल्यान्डको माउन्ट मौन्गानुईमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे इङ्गल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएकाे थियाे ।
इंग्ल्यान्डका लागि तामसिन बेउमाेन्ट र एमी जाेन्सले अर्धशतकीय पारी खेले । ९७ बलकाे सामना गर्दै ६२ रन बनाएकी बाेउमाेन्टले ६ चाैका प्रहार गरिन् ।
जाेन्सले ७४ बलमा ५ चाैकासहित ५३ रन बनाइन् । साेभिया डंकलीले २६ रन जाेडिन् ।
दक्षिण अफ्रिकाको लागि मारिजेन कापले ५, मसाबाता क्लासले २ तथा अयाबन्गा खाकाले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे।
याे जितसँगै दक्षिण अफ्रिका ६ अंकका साथ दोस्रो स्थानमा रहँदा तिनै खेलमा पराजित इंग्ल्यान्ड बिना अंक साताैं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।