राजेन्द्र लिङ्देनको चेतावनी : राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिह्न हलो नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

‘हलो दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ’, उनले भने । राप्रपालाई राजनीतिक मूलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

‘राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन । द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछु', सभामा उनले भने, ‘देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले, राप्रपालाई मत दिन चाहने मतदाताले हाम्रो चुनाव चिह्न ‘हलो’ मै भोट हाल्न पाउनुहुनेछ ।’ 





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार ६:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया