सिरी ‘ए’ मा लाजियोको कठिन जित

इटालियन सिरी ‘ए’ मा आज बिहान सम्पन्न खेलमा घरेलु टोली लाजियो विजयी भएको छ । लाजियोले स्टेडियो ओलम्पिकोमा भएको खेलमा भेनेजियामाथि १–० को कठिन जित हात पारेको हो ।

खेलको ५८ औं मिनेटमा सिरो इम्मोबिलेले पेनाल्टीमार्फत गरेको एक मात्रै गोल लाजियोको जितमा निर्णय बन्यो । लाजियोका लागि इम्मोबिलेको यो १४४ औं लिग गोल हो । योसँगै उनी सिरी ‘ए’ मा लाजियोका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

इम्मोबिले २०२ खेलमा सिल्भियो पियोलको कीर्तिमान पनि तोडेका हुन् । पियोलले सन् १९३४ देखि १९४३ सम्म लाजियोबाट २२७ खेलमा १४३ गोल गर्दै कीर्तिमान बनाएका थिए ।  

यो जितसँगै २९ खेलमा ४९ अंक जोड्दै पाँचौं स्थानमा उक्लिँदा पराजित भेनेजिया २८ खेलबाट २२ अंकका साथ १८ औं स्थानमा छ ।  






  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार ८:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया