एनआरएनए निर्वाचनका लागि अनुगमन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरेको छ ।

महाधिवेशनको नेतृत्व चयनको लागि हुने निर्वाचन मूल्यांकनका लागि संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो ।

अनुगमन समितिमा दिल गुरुङ, हिक्मत थापा, बिश्वो आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली छन् ।





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १०:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया